काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सुरक्षा अधिकृत परिवर्तन भएको छ ।
प्रहरी प्रधान कार्यालयले डिएसपी विनोद घिमिरेलाई दाहालको पर्सनल सेक्युरिटी अफिसरका रुपमा खटाएको हो ।
यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी नरेशराज सुवेदीको रोल्पामा सरुवा भएपछि घिमिरेलाई खटाइएको हो ।
दाहालको सुरक्षामा हाल डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३० गरी ५९ जना खटिने गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
