काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । शनिबार अपराहृन ४ बजे बैठक बस्ने भने पनि औपचारिक जानकारी आइनसकेको एक नेताले बताए ।
सचिवालय बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
