Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वामदेव गौतमको मुद्दा पाँच जनाको संवैधानिक इजलासमा


  • बुधबार, असोज १४ २०७७

  • वामदेव गौतमको मुद्दा  पाँच जनाको संवैधानिक इजलासमा

    काठमाडौँ — सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभामा मनोनयन माथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

    उक्त संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेका छुट्टाछुट्टै निवेदन परेका छन् । त्रिपाठीको निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले गत साता गौतमको मनोनयन ‘यथास्थितिमा राख्नु’ भन्ने आदेश गरी थप संवैधानिक जिम्मेवारी नदिनु भनेको थियो ।

    २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij