Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विवेकशीलद्वारा डा.गोविन्द केसीको जीवन रक्षाको माग


  • शुक्रबार, असोज ९ २०७७

  • विवेकशीलद्वारा डा.गोविन्द केसीको जीवन रक्षाको माग

    काठमाडौं – विवेकशील नेपाली दलले सत्याग्रही डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । भदौ २९ गतेदेखि जुम्लामा १९‍औं अनसन सुरु गरेका केसी ९औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेका छन् । उनको स्वास्थ्य बिग्रिदै गएको छ ।

    १२औं दिनसम्म पनि सरकार संवेदनशील नभएको भन्दै विवेकशीलले माग सम्बोधनका लागि तत्काल वार्ता गरी डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
    साथै सत्याग्रही डाक्टर केसीलाई गरिएको जवरजस्ती व्यवहारप्रति सरकारले नि:शर्त माफी माग्नु पर्ने विवेकशीलको माग छ ।

    पछिल्लो समय डाक्टर केसीले पहिलेका सबै माग पूरा गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन तत्कालन सुरु गर्नुपर्ने, दूर दराजमा मेडिकल शिक्षा विस्तार गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij