Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भदौ २६ गते नेकपा स्थायी कमिटी बैठक बस्ने


  • सोमबार, भाद्र २२ २०७७

  • भदौ २६ गते नेकपा स्थायी कमिटी बैठक बस्ने

    काठमाढौं–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।
    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो ।

    गत साउन १३ गतेदेखि अनिश्चितका लागि स्थगित भएको स्थायी कमिटी बैठक २६ गते बस्न लागेको हो। उत्कर्षमा पुगेको नेकपा विवाद समाधानको लागि साउन ३० गते कार्यदल बनेसँगै समाधानको दिशामा गएको थियो।
    कार्यदलले दुई अध्यक्षलाई भदौ ६ गते प्रतिवेदन बुझाएको थियो भने भदौ १८ गते सचिवालयमा पेश भएको थियो।

    सोही प्रतिवेदनलाई स्थायी कमिटीमा पेश गर्न लागिएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij