Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसद्वारा सरकारको सम्वेदनहिनता र निष्क्रियताको निन्दा


  • बिहिबार, भाद्र १८ २०७७

  • कांग्रेसद्वारा सरकारको सम्वेदनहिनता र निष्क्रियताको निन्दा

    काठमाडौ – सरकारले हचुवाको भरमा निषधाज्ञा लगाउने र खुकुलो बनाउने गरेको भन्दै नेपाली कांग्रेसले आलोचना गरेको छ । नेपाली कांग्रेसद्वारा गठित कोभिड अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले आज विज्ञप्ती जारी गर्दै कोभिड नियन्त्रणको लागी अल्पकालिन र दीर्घकालिन योजना सार्वजनिक गर्न मात्र गर्दै कांग्रेसले सरकारको सम्वेदनहिनता र निष्क्रियताको निन्दा गरेको छ । कांग्रेसले जारी गरेको विज्ञप्ती यस्तो छ : नेपाली कांग्रेस
    कोभिड—१९ अनुगमन समिति

    भाद्र १८, २०७७
    प्रेस नोट

    नेपाल सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर छैन । उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुँवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन । कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने÷नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।

    नेपाली कांग्रेसको तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ वुँदे ध्यानाकर्षण सहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको थियो । तर सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन । हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं । साथै, तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गर्दछौं ।

    जय नेपाल !

    डा. प्रकाश शरण महत
    सह–महामन्त्री
    एवं
    संयोजक
    कोभिड–१९ अनुगमन समिति

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij