Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिवालयद्वारा अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन


  • सोमबार, भाद्र १ २०७७

  • नेकपा सचिवालयद्वारा अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए । त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको एक नेताले जानकारी दिए । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij