Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले सरकारलाई दियो १३ बुँधे सुझाव, नागरिकलाई चार बुँधे अपिल


  • सोमबार, साउन २६ २०७७

  • कांग्रेसले सरकारलाई दियो १३ बुँधे सुझाव, नागरिकलाई चार बुँधे अपिल

    काठमाडौं नेपाली कांग्रेसले गठन गरेको कोमिड अनुगमन समितिले सरकारलाई १३ वुँधे सुझाव दिएको छ । समितिका संयोजक पार्टीका सह -महामन्त्री डा. प्रकाशशरण महतले सरकारलाई सुझाव र नागरिकलाई चार वुँधे अपिल प्रस्तुत गरेका छन । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा.महतले कोरोना महामारी नियन्त्रणका लागी सरकार असफल भएको बताए । कांग्रेसले सरकारलाई दिएको सुझाव र नागरिकमा गरेको अपिल यस्तो छ :

    यी हुन् कांग्रेसको कोभिड—१९ अनुगमन समितिले दिएका सुझावहरु :

    १. लकडाउन खोलिए यता पनि नेपालको आर्थिक सामाजिक क्षेत्र पूर्णरुपमा सुचारु हुने अवस्था छैन । देशको शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था छ । हामीले यस विषयमा उठाउँदै आएका जोखिम न्यून गर्ने उपायतर्फ सरकार गम्भीर बनोस्, हामी फेरि यो माग गर्दछौं ।

    २. सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गरियोस् ।

    ३. संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाइयोस् ।

    ४. पूर्ण लकडाउन देशले धान्न नसक्ने हुनाले परिक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गरियोस् ।

    ५. खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाइयोस् । फिर्ता हुनेहरुलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरियोस् । साथै, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गर्दछौं ।

    ६. समुदायमा संक्रमण विस्तार सँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढ्दो छ । विरामीको संख्या पनि बढ्दो छ । तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाइयोस् ।

    ७. आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिदो व्यवस्था मिलाइयोस् ।

    ८. स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गरियोस् । विमाको व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् ।

    ९. कोभिड—१९ सम्बन्धित स्वास्थ्यकर्मीहरुको अभाव देखिएको छ । भविष्यमा थप स्वास्थ्यकर्मीहरुको आवश्यकतालाई समेत ध्यानमा राखी तत्काल आवश्यक तालिमको व्यवस्था मिलाई स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गरियोस् ।

    १०. क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुसार बनाउने व्यवस्था तत्काल गरियोस्, त्यसको लागि आवश्यक आर्थिक सहयोग स्थानीय निकायहरुलाई दिइयोस् ।

    ११. कुनै पनि नागरिक कोभिड—१९ सम्बन्धी होस् वा अन्य विरामी हुन् उपचारको ढोका बन्द भएर मर्नु हुँदैन । वीरगञ्ज लगायतका अन्य ठाउँहरुमा उपचारको ढोका बन्द हुँदा मर्नु परेको घटना अत्यन्त दुःखदायी छ । यो अवस्थाको तत्काल अन्त्य गरियोस् ।

    १२. कोभिड–१९ रोकथामका लागि विभिन्न औषधीहरुको प्रभावकारिताका आधारमा प्रयोग भैरहेको छ । त्यसको निर्णय उपचारमा संलग्न विज्ञ डाक्टरहरुले गर्ने हो । सरकारले त्यस्ता औषधी तथा अन्य स्वास्थ्य उपकरणहरुको आयात निजी क्षेत्रलाई खुला गरोस् ।

    १३. कोभिड—१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रुपमा असफल भएको छ । तत्काल कोभिड—१९ नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी दिइयोस् । स्वास्थ्य मन्त्रालयमा समेत योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गरिदा नेतृत्व अप्रभावकारी देखिएको छ । वरिष्ठता र व्यवसायिकताका आधारमा स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिइयोस् ।

    कांग्रेसले कोरोना नियन्त्रणका लागि सरकार संवेदनशील नभएका कारण संक्रमणले व्यापक रुप लिन सक्नेभन्दै नागरिकलाई आफ्नो सुरक्षा आफै गर्न पनि आग्रह गरेको छ । अनुगमन समितिले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सक्दो सहयोग गर्न पार्टीका नेता–कार्यकर्ताहरुलाई आह्वान पनि गरेको छ ।

    समितिले नेता–कार्यकर्ताहरुलाई अनिवार्य रुपमा सावधानी अनुसरण गर्न पनि आग्रह गरेको छ ।

    कांग्रेसले अनिवार्य रुपमा अनुसरण गर्न भनेका कार्यहरु

    १. मास्क लगाउन कुनै पनि हालतमा नर्बिसौं ।

    २. एक अर्कासँग भेट्दा अनिवार्य रुपमा भौतिक दूरी कायम राख्न नभुलौं ।

    ३. स्यानीटाइजरको प्रयोग गर्ने र सावुन पानीले पटक–पटक हाँत धुने कुरालाई अनिवार्य रुपमा अवलम्वन गरौं ।

    ४. अत्यावश्यक काममा मात्र सार्वजनिक स्थलमा हिडडुल गरौं ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij