काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ४ नेताको छलफल सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा प्रधानमन्त्री ओली र प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङ सहभागी थिए।
झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए। आजको कुराकानीमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएको स्रोतले बतायो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
