Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोविन्दराज जोशीसहित तीन नेता काँग्रेसबाट निष्कासित


  • शनिबार, साउन १० २०७७

  • गोविन्दराज जोशीसहित तीन नेता काँग्रेसबाट निष्कासित

    काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ ।

    शनिबार बसेको अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५ – ५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij