काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवाद अव केन्द्रीय समिति बैठकमा पुग्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग आज भएको बैठक मा सहमति नजुटेपछि असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको हो ।
ओली संग कुरा नमिलेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेता को बैठकले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल गरेको हो । भाद्र महिनाको पहिलो साता बैठक बोलाउने तयारी छ । यता ओलीले पनि आफु निकट नेताहरूसँग छलफल गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
