काठमाडौँ – केहि दिन वार्तामा केन्द्रीत सत्तारुढ दल नेपाल कम्युनिट पार्टीको विवाद फेरि बल्झिने संकेत देखिएको छ । बुधवारको वार्ताया पनि कुनै प्रगति नभए पछि अब वार पार गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दवाव बढेको छ । आजको वार्तामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद नछाडने जवाफ प्रचण्डलाई दिए पछि विवादको गाँठो कसिलो बनेको हो ।
ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्ने भए संसदिय दलबाट आउन र एकल अध्यक्ष बन्न महाधिवेशन सम्म पर्खन भने पछि वातावरण थप विग्रिएको हो । ओली संग भेटे पछि प्रचण्डले वरिष्ठ नेताद्धय मधवकुमार नेपाल र झलनाथ खनाललाई ओलीको अडानका वारेमा ब्रिफिङ गरेका थिए । खनाल र नेपालले अव वार्ताबाट निकास सम्भव नदेखिएको भन्दा स्थायी समिति बैठक सुचारु गरेर वारपार गर्नु पर्ने मत राखेका छन ।
प्रचण्ड, खनाल र नेपाल वारपारको निर्णयमा पुग्न लागेको थाहा भए पछि ओलीले संसदिय दलका उपनेता सुवाश नेम्वाङ, पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल सहितका नेताहरूलाई प्रचण्ड निवास खुमलटार पठाएका थिए । भोलीको स्थायी समिति बैठक समेत अनिश्चित बनेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
