Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दलका नेताहरूलाई राष्ट्रपतिको धन्यवाद !


  • बुधबार, असार १० २०७७

  • दलका नेताहरूलाई राष्ट्रपतिको धन्यवाद !

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितलनिवासमा चियापानका लागी दलका नेता र पूर्व प्रधानमन्त्री हरुलाई बोलाइन । तर सहभागीहरूले राष्ट्रपतिले किन चियापान्‌मा बोलाइन भन्ने नै बुझन सकेनन । दिनदिनै कोभिड – १९ का संक्रमित बढिरहेको बेला राष्ट्रपतिले सरकारले नियन्त्रणका लागी राम्रो काम गरेको भन्दै दलका नेताहरुलाई धन्यवाद दिइन ।

    नयाँ नक्साका वारेमा पनि राष्ट्रपतिले दलका नेताहरूलाई धन्यवाद दिइन । ‘राष्ट्रपतिले कुन उदेश्यले चियापान आयोजना गरेको भन्ने नै बुझिएन’ – सहभागी एक नेताले भने । ‘मुलुकमा राष्ट्रपतिले चियापान आयोजना गरेर खुसी साटासाट गर्न पर्ने कुनै काम भएको छैन’ – ति नेताले भने । शितल निवासमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख सहित दलका नेताहरु र पूर्व प्रधानमन्त्रीहरू सहभागी थिए ।

    पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल ,शेर वहादुर देउवा, माधवकुमार नेपाल लगाएतका नेताहरू केहिवेर बसेर बाहिरिएका थिए । सहभागी नेताहरुले राष्ट्रपतिले चियापानका लागी चियापान मात्रै गरेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij