काठमाडौं – प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसको अनुरोधमा संसदको आजको कार्यसुचिवार संविधान संशोधन प्रस्ताव हटाइएको बताए पछि कांग्रेसले त्यसको प्रतिवाद गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रस्ताव ल्याउदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ? को षडयन्त्र गर्दै छ ? भनि प्रश्न गरेका छन । प्रवक्ता शर्माले कांग्रेसले संस्थागत निर्णयका आधारमा केन्द्रीय समितिको बैठक गरेर संविधान संशोधनको पक्षमा उभिने पनि प्रष्ट पारेका छन ।
नेकपा नेता समेत रहेका पोखरेलले समाजिक सञ्जालमा ‘नेकांको अनुरोधमा संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीवाट हटेको हो,फिर्ता भएको होइन।आशा गरौ,नेकांको साथमा प्रस्ताव छिटै पासहुनेछ। ‘ लेखे पछि कांग्रेसको प्रतिक्रिया आएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
