काठमाडौ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस ले सरकारले कोरोना भाइरस नियन्त्रणमा भन्दा सत्ता राजनितिमा ध्यान दिएकाले परिस्थीति बिग्रदै गएको आरोप लगाएको छ ।
सय दिनमा जति संक्रमित देखिएका थिए त्यति नै संक्रमित पछिल्लो पाँच दिनमा देखिनुमा सरकारी लापवाही मुख्य कारण भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सरकारले उचित व्यवस्थापन गर्न नसक्दा लुकीछिपि नेपाल प्रदेश गरेका नागरिकबाट संक्रमण बढेको प्रवक्ता शर्माले बताए ।
सिमाक्षेत्रमा अलपत्र परेकाहरुलाई सुरक्षित ढंगबाट क्वारेन्टीनमा राखेर परिक्षण पश्चात घर पठाउने व्यवस्था गर्न नसकेकाले समस्या थपिदै गएको कांग्रेसको भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
