Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली झोक्किएर बाहिरिएपछि नेकपा बैठक अनिर्णित, स्थायी समिति बैठक अन्यौलमा


  • बुधबार, बैशाख २४ २०७७

  • ओली झोक्किएर बाहिरिएपछि नेकपा बैठक अनिर्णित, स्थायी समिति बैठक अन्यौलमा

    काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अनिर्णित भएर सकिएको छ । विहिवारवाट सुरुहुने भनिएको स्थायी समिति बैठकको एजेण्डा तय गर्न वसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली रिसाएर बैठकै छाडेर हिंडे पछि बैठकले निर्णय लिन सकेन ।

    अघिल्लो सचिवालय बैठकमा भएको सहमति भए अनुसार एजेण्डा तय गर्ने विषयमा कुरा उठेपछि ओली रिसाएर बैठकै छाडेर हिडेका थिए । ओलीले अध्यक्ष पद छाड्ने वा अर्का अध्यक्ष प्रष्पकमल दाहाल प्रचण्ड को भूमिकालाई प्रष्ट्‌याउने सहमति थियो । बैठक भाडिए पछि स्थायी समिति बैठक पनि अनिश्चित भएको छ ।

    ओलीले पूर्वसहमति नमाने पछि प्रचण्ड र वरिष्ठ नेताद्धय माधव कुमार नेपाल तथा झलनाथ खनाल पक्ष कसरी अघि बढ्छन भन्ने स्पष्ट भएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij