काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अहिले चार बजे बस्दै छ । दल विभाजन र सम्बैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश प्रकरणपछि चुलिएको विवाद अहिले थप पेचिलो बन्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष सत्ता निरन्तरताका लागी अनेक रणनीतिमा छ भने अर्को प्रचण्ड र माधव नेपाल समूह ओलीलाई सत्ताबाट विस्थापित गर्ने योजनामा छन । यसै विचमा अर्का नेता वामदेव गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि विवादले नयाँ मोड लिएको छ । चार बजे सचिवालय बैठक बस्ने भए पछि आ – आफ्नै रणनीति तय गर्न नेकपा भित्रको गुटगत वैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव समेत ल्याउन सक्ने बताइएको छ ।यसै विच नेकपा सचिवालय बैठक डेढ घण्टा सरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सरेको जानकारी दिएका छन ।आजै ५:३० मा सचिवालय बैठक बस्ने थापाले जनाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
