Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विपक्षीदलहरुको सामूहिक निष्कर्ष : सरकार सर्वसत्तावादी र स्वेच्छाचारी


  • सोमबार, बैशाख १५ २०७७

  • विपक्षीदलहरुको सामूहिक निष्कर्ष : सरकार सर्वसत्तावादी र स्वेच्छाचारी

    काठमाडौ -नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ ।

    बैठकले सरकार सर्वसत्तावादी भएको निष्कर्ष निकाल्दै एकतावद्ध भएर संघर्ष गर्ने निर्णय गरिएको छ । बैठकमा कांग्रेस सभापति शेर बहाडर देउवा,  वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा शसाङक कोइराल , सहमहामन्त्री डा प्रकाशशरण महत, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, डा वावुराम भट्टराई, उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका डा.प्रकाशचन्द्र लोहनी सहभागी थिए । बैठक पछि जारी विज्ञप्ती यस्तो छ ।

    (१) लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

    (२) सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ ।

    (३) कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ ।

    नेपाली कांग्रेस
    श्री शेरबहादुर देउवा, सभापति

    जनता समाजवादी पार्टी, नेपाल
    श्री उपेन्द्र यादव
    श्री शरतसिंह भण्डारी

    राष्ट्रिय प्रजातन्त्र पार्टी
    डा. प्रकाशचन्द्र लोहनी,

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij