काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकतालाई सुद्रिढ बनाइराख्न आव्हान गरेका छन । आज विज्ञप्ती जारी गर्दै नेता नेपालले पार्टीका सबै तह र कार्यकर्ता तया सुभेच्छुक हरुलाई सम्वेदनशिल वन्न आग्रह गरेका छन । नेपालको आग्रह हेर्दा पार्टी भित्र गम्भिर समस्या उत्पन्न भएको प्रष्ट बुझ्न सकिन्छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदिय दल र केन्द्रीय समिति मा ४० प्रतिशत जुटाएर पार्टी विभाजन गर्न पाउने अध्यादेश ल्याए पछि नेकपा भित्र विवाद उत्कर्षमा पुगेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
