काठमाडौ – पछिल्लो राजनितिक घटनाक्रमलाई प्रतिपक्षि नेपाली कांग्रेसले वेमौसमको बाजा भनेको छ । आज सरकारले दुइ वटा अध्यादेश जारी गरेको छ । दल फुटाउन संसदिय दल र केन्द्रीय समिति मध्य एकको ४० प्रतिशत पुर्याए हुने अध्यादेश जारी गरे पछि राजनितिमा नयाँ तरंग आएको छ । अर्को अध्यादेशमा सम्वैधानिक परिषद्मा हुने निर्णय सर्वसम्मत नभए बहुमत बाटै हुने गरि शंशोधन गरिएको छ । यो व्यवस्थाले प्रतिपक्षको सहमति वा सहभागिता विना नै निर्णय गर्ने वाटो खुल्ने छ । सरकारको पछिल्लो कदम वा रे टिप्पणी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वेमौलमि वाजा भनेका छन । प्रवक्ता शर्माले सामाजिक संजालमा प्रारम्भीक प्रतिक्रिया दिदै यस्तो लेखेका छन :
`बेमौसमी बाजा´ नबजाऔं !
संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो l नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ l हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ l
जय नेपाल !
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
