Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य रोक्न र पारिश्रमिक उपलब्ध गराउन माग


  • बुधबार, बैशाख ३ २०७७

  • श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य रोक्न र पारिश्रमिक उपलब्ध गराउन माग

    काठमाडौ – नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन संचार हरुलाई भनेको छ । महासंघले पत्रकारहरुलाई जागिरबाट निकाल्ने क्रम वढेको भन्दै चिन्ता व्यक्त गरेको छ । महासंघले यस्तो क्रम नरोकिए कानुनी लगाएतका सबै प्रकारका संघर्ष अघि बढाउने चेतावनी दिएको छ । महासंघले जारी गरेको विज्ञप्ती यस्तो छ :

     

    मितिः २०७७।०१।०३
    कोभिड –१९ को जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशील सञ्चारकर्मीहरुलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित गरिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    सञ्चार प्रतिष्ठानहरुले लकडाउनभन्दा अघिको बाँकी पारिश्रमिक र लकडाउन अवधिको पारिश्रमिकसमेत उपलब्ध नगराउँदा श्रमजीवी पत्रकारहरु गम्भीर आर्थिक समस्या झेल्न बाध्य छन् । कोरोना संक्रमणले मानवीय संकट गहिरिदै जाँदा श्रमजीवी पत्रकारहरुले बक्यौता र पछिल्लो महिनाको पारिश्रमिक प्राप्त गर्न नसक्नु तथा सेवाबाट समेत हटाउने क्रम बढ्दै जानुले महासंघलाई गम्भीर र चिन्तित बनाएको छ ।

    महासंघ श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहसँग माग गर्दछ । अन्यथा, श्रमजीवी पत्रकारको पेशागत हक र अधिकार स्थापित गर्न महासंघ कानूनीलगायत सबै प्रकारको संघर्षमा जाने प्रष्ट पार्न चाहान्छ ।

    पछिल्लो समय नेपाल रिपव्लिका मिडिया प्रा.लि.बाट प्रकाशित रिपव्लिका अग्रेजी दैनिकमा कार्यरत पत्रकारहरुलाई बक्यौता र पछिल्लो महिनाको पारिश्रमिक समेत उपलब्ध नगराई एकतर्फी ढंगबाट प्रकाशन स्थगित गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारप्रति गरिएको यो अन्यायको महासंघ कडा शब्दमा आपत्ति प्रकट गर्दछ । रिपब्लिका व्यवस्थापन पक्षलाई तत्काल सम्वाद गरी समस्या समाधान गर्न महासंघ माग गर्दछ । अन्यथा संघर्षमा जान बाध्य हुने स्पष्ट पार्न चाहान्छ ।

    साथै, अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसुचित गर्न अहोरात्र क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहहरुका लागि तत्काल राहत र सहुलियत प्रदान गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।

    रमेश विष्ट
    महासचिव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij