Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणवारे सरकारलाई कांग्रेसको पाँच बुँधे सुझाव


  • बुधबार, बैशाख ३ २०७७

  • कोरोना संक्रमणवारे सरकारलाई कांग्रेसको पाँच बुँधे सुझाव

    काठमाडौ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारले थपेको लक डाउनलाई स्वभाविक भनेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्य सामग्री र मानविय सहायता आयातमा भएको ढिलाई प्रति गम्भिर चासो व्यक्त गरेका छन । कांग्रेसले सरकारलाई दिएको पाँच वुँधे सुझाव यस्तो छ :

    (१) अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझैपनि ढिलाइ भइरहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ । पारदर्शी ढंगले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको बिषय हो । तर कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौं ।

    (२) परिक्षण गर्ने केन्द्रहरु बिस्तार गरिनु सकारात्मक छ । तर ¥यापिड टेस्टको परिणाम भने विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा हामीले पिसिआर विधिको ब्यापकता बढाउन जरुरी छ । सोही बमोजिमको क्षमता अभिवृद्धि गर्ने कार्यमा तदारुकताको अपील गर्दछौं ।

    (३) नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरुमै कोरोना परिक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेकोे र त्यसबाट संक्रमणले ब्यापकता पाउन सक्ने कतिपय देशको अनुभव देखिएको छ । बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न ।

    (४) राजधानीको पेप्सिकोला स्थित सनसिटी अपार्टमेण्टका एक परिवारका दुई सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरुलाई गम्भीरता साथ लिन नेपाली कांग्रेस अनुरोध गर्दछ ।

    (क) बेलायतबाट आएको २८ दिनपछि परिक्षण पोजिटिभ देखिनु तर पोजिटिभ देखिएका ब्यक्तिहरुमा बाह्य लक्षण नदेखिनु, हाम्रा सन्दर्भमा बिशेष रुपले गम्भीर बिषय हो । संक्रमित रहेका कतिपय मानिसमा बाहिर कुनै लक्षण नदेखिने तर संसर्गमा आएका कयौंलाई उसले भाइरस सार्न सक्ने चेतावनी विश्व स्वास्थ संगठनले केही अघिनै दिएको तथ्यलाई यहाँ गम्भीरता साथ स्मरण गर्न जरुरी छ ।

    (ख) लक डाउन शुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करिब २ लाख नेपाली अव्यवस्थित ढंगले प्रवेश गरेका थिए । प्रवेश गरेका मध्ये १५ प्रतिशत भन्दा कम मात्रै क्वारेन्टाइनमा बसे । बिदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेण्टमा बसेकामा संक्रमण देखिएको स्थिति झैं बाहिरबाट आएर गाउँमा छरिएका कोहि कसैमा लक्षण नदेखिने Asymptomatics रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्दछ ।

    (जस्तो कि धादिङमा संक्रमण देखिएका युवा ४० दिन अघि कोरियाबाट फर्किएको विवरण आएको छ ) ।

    अतः परिक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पु¥याउन अनिवार्य भएको छ । अतः नेपाली कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील गर्दछ ।

    (५) रौतहटमा संक्रमण देखिएका युवक लक डाउनको बेला पैदल हिंडेर नेपाल प्रवेश गरेको पुष्टि भएको छ । सरकारलेनै ब्यवस्थित तरिकाले निश्चित ठाउँबाट प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने बिषय बाहेक अब थप गम्भीरता नाकामा जरुरी भएको छ ।
    लक डाउनको समयमा पनि कोहि लुकिछिपी प्रवेश गरेका या गर्न सक्ने नाका चाहे सुदुरपश्चिम कंचनपुरको महाकाली नगरपालिकासंग जोडिएका बनवासा, चक्रपुर या खटेमा होस् या सूदुरपूर्व मेची नगरपालिकाको नकलबन्दा, पाटापुर या सतिघट्टा होस् अथवा तराई–मधेस या हिमाल–पहाडको कुनैपनि नाका, नेपाल र नेपालीको रक्षाका लागि अब चौबीसै घण्टा विशेष सावधानीको अपिल नेपाली कांग्रेस गर्दछ ।

     

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij