Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

पत्रकार महासंघको डिजिटल सम्वाद : संचारक्षेत्रको लागी राहत प्याकेजको माग


  • मंगलबार, बैशाख २ २०७७

  • पत्रकार महासंघको डिजिटल सम्वाद : संचारक्षेत्रको लागी राहत प्याकेजको माग

    काठमाडौं, २ वैशाख । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोभिड–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गर्यो ।कार्यक्रमका सहभागीले अहिलेको संकटपूर्ण अवस्थामा संचारक्षेत्रको भूमिका महत्वपूर्ण रहने औंल्याए । उनीहरुले सत्यतथ्य समाचार प्रम्प्रेषणमा जोड दिदै आचारसंहिताको पूर्ण पालनमा जोड दिए । संचार क्षेत्र समेत संकटमा परेको भन्दै सहभागीहरुले सरकारबाट राहत प्याकेजको व्यवस्था गर्न माग गरे ।

    संवाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरु अग्रपङ्तीमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनुभयो । सञ्चार क्षेत्र गम्भीर संघारमा रहेकाले विशेष राहत प्याकेज घोेषणा गर्न पनि अध्यक्ष आचार्यले सरकारसंग माग गर्नुभयो ।

    प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीहरुलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले संकटका बेला पत्रकारहरु पारिश्रमिकबाट बञ्चित भएको बताउदै श्रमजीवि पत्रकार थप समस्यामा परेको बताउनुभयो । डिजिटल सम्वादमा महासंघका पूर्व सभापति डा. सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाँउले, महासंघका महासचिव रमेश विष्ट, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, महासंघका प्रदेश अध्यक्ष एवम् उपाध्यक्षहरु, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदीलगायतले धारणा राख्नुभएको थियो ।
    संवाद कार्यक्रममा महासंघका प्रदेश समितिका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको पत्रकारिता अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा महासंघका महासचिव विष्टले महासंघले सञ्चारगृहहरुमा गरेको स्थलगत अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महासंघका सचिव प्रकाश थापाले डिजिटल संवादमा मध्यस्तकर्ताको भूमिकामा हुनुहुन्थ्यो । महासंघको डिजिटल मिडिया समितिको संयोजक लेखनाथ न्यौपानेले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij