काठमाडौं– क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्न लागेको ‘एनसीसी–सिप्यान’ क्रिकेट अवार्ड स्थगित भएको छ ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना नफैलियोस् भन्ने हेतुले अवार्ड कार्यक्रम स्थगित गरिएको सिप्यानले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराइएको हो ।
अवार्ड समारोह चैत २१ का लागि तय भएको थियो । “विश्वभर खेलकुदसम्बन्धी अधिकांश क्रियाकलाप रोकिएका छन् । महामारीका रूपमा फैलिएको कोरोनाको असर यसमा पनि नपरोस् भन्ने हेतुले अवार्ड कार्यक्रम स्थगित गरेका हौं,” सिप्यानका महासचिव पारस खड्काले भने ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
