Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा आतंककारी समूहबाट बम प्रहार: दाहाल


  • बुधबार, फाल्गुन २८ २०७६

  • पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा आतंककारी समूहबाट बम प्रहार: दाहाल

    काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पुर्‍याएको बताएका छन्।
    बुधबार प्रेस विज्ञप्ति निकालेर प्रचण्डले पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री बाँस्कोटाको भक्तपुर मध्यपुर नगरपालिका वडा नम्बर १ लोकन्थलीस्थित निजी निवासमा आतंककारी समूहले बम विस्फोट गरेको उल्लेख गरेका हुन्।
    ‘बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ। म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij