Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एभरेस्ट प्रिमियर लिग स्थगित


  • बिहिबार, फाल्गुन २२ २०७६

  • एभरेस्ट प्रिमियर लिग स्थगित

    काठमाडौं– कोरोनाभाइरसका कारण आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने तय एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ।
    इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको जानकारी दिए।
    उनले विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा गर्ने बताए।

    इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो। यसपटकको इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओुब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपालमा आउने बताइएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij