काठमाडौं – राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।
नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बुधबार बिहान आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन् ।
राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि गत माघ ९ गते निर्वाचन भएको थियो । १८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो । २ बर्षे कार्यकाल फागुन २० बाट सकिएको हो ।
निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गर्दा अन्य दलले कुनै पनि स्थानमा जित हासिल गर्न सकेका छैनन् । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन ।
सपथपछि अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई संसदको लोगो लगाइदिएका थिए ।
आज संसद प्रवेश गरेकामा ७ महिला, २ दलित, २ अपागंता भएका वा अल्पसंख्यक र ७ जना अन्य समूहबाट निर्वाचित भएका हुन् ।
शपथ लिने सांसदहरु
- शेखरकुमार सिह
- मृगेन्द्रकुमार सिंह यादव
- गंगाकुमारी बेल्बासे
- वेदुराम भुसाल
- इन्दिरादेवी गौतम
- गोपीबहादुर सार्की अच्छामी
- देवेन्द्र दाहाल
- तुलसाकुमारी दाहाल
- राधेश्याम पासवान
- नारायणकाजी श्रेष्ठ
- भगवती न्यौपाने
- गोपाल भट्टराई
- सुमित्रा विसी
- मायाप्रसाद शर्मा
- शारदादेवी भट्ट
- तारामान स्वाँर
- विमला घिमिरे
- जगप्रसाद शर्मा
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
