काठमाडौं– भ्रष्टाचार आरोपमा मुछिए पछि नैतिकताको आधारमा राजीनामा गरेका निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउमा प्रधानमन्त्री केपी शर्मा ओली आफै उत्रिएका छन् । विहिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बास्कोटा निर्दोष रहेको संकेत गर्दै आरोप पुष्टि नभएको बताए । उनले टेपमा बोल्ने व्यक्ति स्वीस दुतावासले आफ्नो मान्छे भनेको अनौठो तर्क गरे । एउटा कुटनीतिक निकाय माथि घुमाउरो पाराले दोष थुपार्दै प्रधानमन्त्री ओलीले उक्त आवाज बास्कोटाको नभएको पुष्टि गर्न खोजे । उनले आफुसहित बास्कोटाको विरुद्ध अख्तियारमा परेको उजुरीलाई पनि हलुका ढंगबाट टिप्पणी गरे ।
७० करोड कमिसन प्रकरणमा प्रधानमन्त्री कै संलग्नताको आशंका गरिएको बेला उनले बास्कोटाको बचाउ गरेका हुन । सञ्चारमाध्यममा अडियो सार्वजनिक भएपछि बास्कोटा स्वंयले मेरो बारेमा प्रश्न उठ्यो भन्ने स्वीकार गरेका छन् । नेकपाको पार्टी पंक्तिबाट बास्कोटाको बचाउ नभएपछि प्रधानमन्त्री ओली आफै मैदानमा उत्रिएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
