Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विवाद भए पनि विभाजन र विघटन हुन दिन्नौ– प्रचण्ड


  • बिहिबार, फाल्गुन १५ २०७६

  • विवाद भए पनि विभाजन र विघटन हुन दिन्नौ–  प्रचण्ड

    काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएका छन्।
    आज नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विवाद नभएको दिन पार्टी नै नरहने बताए । ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले भने,‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न।’
    उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए। विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ प्रचण्डले भने।
    उनले पार्टी विभाजन हुन नदिने पनि बताए। ‘पार्टी जमेको पोखरी जस्तो होइन। यो गडगडार जान्छ। पार्टीभित्र के हो भनेर धेरैलाई परेको छ। यो धेरै ठूलो मूल्य चुकाएर पसिना चुहाएर आएको नेतृत्व छ। त्यसैले विवाद भए पनि विभाजन र विघटन हुन दिन्नौ,’ प्रचण्डले भने।
    उनले सञ्चारमाध्यममा आएका समाचारका पछि नलाग्न पनि आग्रह गरे। ‘केहि केहि विषय के हो भनेर आएका छन्। मिडियामा आएको समाचारको पछाडी नलाग्नुस्।यसलाई कमजोर र विघटन हुन दिन्नौ,’ उनले भने।
    उनले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताए। ‘पार्टीलाई एक ढिक्का बनाएर लान्छौ। कम्युनिष्टलाई दुश्मनका गोलीले लडाउन सकेन तर सत्तामा गएपछि कुशासन र भ्रष्टाचारले सकेको छ। एउटै गोली खर्च नभई कम्युनिष्ट पार्टी आफ्नै कारण सकिएका छन्,’ उनले भने।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij