Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बिहीबार राष्ट्रिय क्रिकेट टोली थाइल्यान्ड जाने


  • मंगलबार, फाल्गुन १३ २०७६

  • बिहीबार राष्ट्रिय क्रिकेट टोली थाइल्यान्ड जाने

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटमा सहभागिता जनाउने बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने भएका छ ।
    नेपाली टोली फागुन १५ गते त्यसतर्फ जाने भएको हो । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो । नेपालले फेब्रुअरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
    प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने
    छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij