काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटाको राजीनामापछि रिक्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन्।
त्यस्तै, सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएका छन्। वसन्त नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डरीले मन्त्री खतिवडालाई सञ्चार मन्त्रालय र नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
