Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध


  • बिहिबार, फाल्गुन ८ २०७६

  • कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

    काठमाडौं – प्रमुख प्रतिपक्ष काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

    बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका थिए । उनले तीनवटा माग पुरा नभएसम्म बैठक चल्न नदिने बताएपछि काँग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए ।

    बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले प्रकृयाअनुसार माग सम्बोधन गर्नतर्फ लाग्ने जानकारी गराएपनि सांसदहरु नबसेपछि बैठक स्थगित गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij