दिल्ली – आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई कायमै राखेका छन् । तर मन्त्रिपरिषदमा महिला सहभागिता छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
