काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा एनआरटी क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ ।
शुक्रबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एनआरटी शेर्पासँग २–१ गोलले पराजित भयो ।
३१औं मिनेटमा राजेश परियारले गोलगर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । शेर्पाले ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । स्टेफन समिरले गोलगर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोलगर्दै शेर्पालाई अग्रता दिलाए ।
त्रिदेवको सोही गोल शेर्पाको जितमा प्रयाप्त बन्यो । त्रिदेव म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगको सुखद अन्त्यसँगै १४ अंक बनाएको शेर्पा १०औं स्थानामा उक्लियो । १५ अंक बनाएको एनआरटी नवौं स्थानमा रह्यो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
