Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ‘जनयुद्ध’ दिवसको कार्यक्रममा गएनन्


  • बिहिबार, फाल्गुन १ २०७६

  • प्रधानमन्त्री ‘जनयुद्ध’ दिवसको कार्यक्रममा गएनन्

    काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एंव प्रधानमन्त्रीकेपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा सहभागी भएनन् ।

    धुम्बाराहीमा जनयुद्ध र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री उपस्थित भएनन्।

    कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरू सहभागी थिए।

    माघ २७ गते केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले सूचना निकालेर प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको उपस्थितिमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गर्ने उल्लेख गरिएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij