काठमाडौं – आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य पछएको नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गरेको थियो । सुरुआती दुई ओभरमा आफ्नो दुई विकेट गुमाएको नेपालका लागि तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका पारस खड्का र दिपेन्द्र सिंह ऐरीले नेपालाई जित दिलाएका थिए ।
नेपालका लागि पारसले २० रन बनाउँदा दिपेन्द्रले १५ रन बनाए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
