काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच बिहीबार भेटवार्ता भएको छ । नेपाल निवासमा भएको भेटमा द्विपक्षीय हित प्रवर्धनका बारेमा कुरा भएको बताइएको छ । मिलिनेयिम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा मुलुकको राजनीति ध्रुवीकृत भइरहेका बेला नेता नेपाल र राजदूत बेरीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनअघि सकिएको नेकपाको केन्द्रीय कमिटी बैठक पनि अमेरिकी सहयोग प्रस्ताव एमसीसीबारे विभाजित भयो । बहुसंख्यक केन्द्रीय सदस्यले अध्ययन गरेर मात्रै स्वीकार्न दबाब दिएकाले नेकपाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा कार्यदल समेत बनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
