अछाम – अछामको पञ्चदेवल बिनायक नगरपालिक– २ माथिल्लो बिनायकका वडा अध्यक्ष पदमबहादुर धामीको शव फेला परेको छ ।
मंगलबार बिहान अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव आज बिहान भेटिएको हो । माथिल्लो बिनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको थियो ।
बिहान ७ बजे भैसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
