काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष भएका छन्।
आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन्।
गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
