Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसका वरिष्ठ नेता पौडेल भन्छन् – पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र होइन


  • मंगलबार, माघ १४ २०७६

  • कांग्रेसका वरिष्ठ नेता पौडेल भन्छन् – पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र होइन

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताएका छन् ।
    मंगलबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनले
    ‘पार्टीलाई विधिमा चलाउने लडाईं नै हो । यो लडाईमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ’ उनले भने ‘म निहुँ खोज्नेमात्र व्यक्ति त होइन नि १’
    अहिले पार्टीलाई पद्धतिमा अगाडि बढाउने कि लाटलुट हाटहुटमा कब्जा गर्ने भन्ने विषयमा लडाई भइरहेको पौडेलले टिप्पणी गरे ।
    कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको कार्यशैलीका विरुद्धमा कांग्रेस एक भएर लड्नुपर्ने बेलामा आन्तरिक कलहमा फस्न नहुने पौडेलले बताए ।
    कांग्रेसलाई विकृतिमुक्त बनाउन र विधि र पद्धतिमा चलाउनलाई आफूले निरन्तर जोड दिएको उनको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij