Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

न्यायाधीश फुयाँलले अग्नि सापकोटाविरुद्धको रिट हेर्न नमिल्ने


  • आइतबार, माघ १२ २०७६

  • न्यायाधीश फुयाँलले  अग्नि सापकोटाविरुद्धको रिट हेर्न नमिल्ने

    काठमाडौं – सत्तारुढ दल नेकपाका नेता अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सु्नुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए ।
    सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयाँलले कानुन व्यवसायीको हैसियतले सोही मुद्दामा बहस गरेका कारण सापकोटाको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको हो ।
    अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
    सर्वोच्चले उक्त मुद्दालाई हेर्न नमिल्नेमा राखेपछि सभामुखमा सापकोटा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । आजै ३ बजे बस्ने प्रतिनिधिसमा बैठकले उनलाई सभामुखमा निर्वाचित गर्ने तयारी छ ।
    सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा मुद्दा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij