Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मनाङलाई आयल निगमको प्रयोजन


  • सोमबार, माघ ६ २०७६

  • मनाङलाई आयल निगमको प्रयोजन

    काठमाडौं नेपाल आयल निगमले नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दीलाई प्रायोजन गरेको छ । निगमले स्वर्णजयन्ती (स्थापनाको ५०औं बर्ष) को अवसरमा मनाङको फुटबल खेल विकासमा ३५ लाख रुपैयाँ प्रायोजन सहयोग गरेको हो ।

    सोमबार मनाङ र निगमबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्तक्षर भएको छ । निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एकबर्षको लागि गरिएको हो । सम्झौता अनुसार मनाङले आफ्नो नामको अगाडी आयन निगमको नाम राखेर फुटबल खेल्नेछ ।

    नेपाली क्लब फुटबलमा मनाङले पाएको यो अहिले सम्मकै ठूलो प्रायोजन सहयोग हो । यसअघि अन्य क्लबले २५ लाख रुपैयाँ प्रायोजन पाएका थिए । निगमले सामाजिक उत्तर दायित्व अन्तर्गत देशकै प्रतिष्ठित क्लब मनाङलाई सहयोग गरेको निगमका प्रमुख पौडेलले बताए । देशकै प्रतिष्ठित कम्पनीसँगको सहकार्यले क्लबलाई उत्साहित बनाएको मनाङका अध्यक्ष गुरुङले बताए ।
    मनाङले अहिले सम्म सर्वाधिक आठ पटक शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । यसपटकको जारी लिगमा पनि मनाङ १३ अंक सहित उपाधिको दौडमा रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij