Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश १ मा चार राज्यमन्त्री थपिए


  • आइतबार, माघ ५ २०७६

  • प्रदेश १ मा  चार राज्यमन्त्री थपिए

    काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन्। रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासले राज्यमन्त्रीको सपथ लिएका छन्।

    मगर भूमि व्यवस्था, कृषि तथा सहकारी, गुरूङ भौतिक पूर्वाधार विकास, गजमेर सामाजिक विकास र विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका हुन्।

    प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेले अपराह्न एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधार ९९० बमोजिम मन्त्री नियुक्त गरेको जनाएका छन्।

    प्रदेश सरकारमा कृषि र भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छैनन्। यी दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राईले नै सम्हालिरहेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij