Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक


  • शुक्रबार, माघ ३ २०७६

  • राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ – राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा घनीभूत छलफल हुने सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पनि श्रेष्ठले बताए । यस्तै समानविचार धारा भएका दलहरुसँग एकताका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij