काठमाडौ । उपसभामुख शिवमाया तुम्बाहङकेले आफु राजिनामा दिन तयार रहेको बताएकी छिन । समाचार एजेन्सी जीएमसंगको अन्तवार्तामा उनले राजनितिक दलहरुले सभामुखको उम्मेदवार तय गरेपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गर्नु केहि मिनेट अगाडी जेष्ठ सदस्यलाई राजिनामा बुझाउने बताइन । ‘जुन दलले मलाई उपसभामुखमा निर्वाचित गरायो त्यहि दलले सभामुखमा उम्मेदवार बनाउछु भने पछि मैले मार्ग प्रशस्त गर्नु पर्दछ’ उपसभामुख तुम्वाहाङफेले अन्तर्वात्मा भनेकी छिन । दलले नभने पनि आफुले संविधान अनुसार राजिनामा दिनु पर्ने उनले स्पष्ट पारेकी छिन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
