Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुरुङ्गा-१ का वडाध्यक्ष मुक्ति कार्कीको मृत्यु


  • सोमबार, पुष २८ २०७६

  • सुरुङ्गा-१ का वडाध्यक्ष मुक्ति कार्कीको मृत्यु

    सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका १ का अध्यक्ष मुक्ति कार्कीको आइतबार राति मृत्यु भएको छ । ५५ वर्षीय कार्की केही समयदेखि अस्वस्थ्य थिए ।
    घरमा सुतिरहेकै बेला उनको निधन भएको नगरपालिकाले जनाएको छ । श्रीमती, दुई छोरी र एक छोराका पिता वडाध्यक्ष कार्कीको सोमबार नै अन्त्येष्टि गरिने बताइएको छ ।

    कार्की २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij