काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पाँच बुँदे सुझाव दिएका छन्।
बिहीबार सभापति देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले विधानअनुसार पार्टी चल्नुपर्ने भन्दै देउवाको ध्यानाकर्षण गराएका हुन्।
बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले डाकेको परामर्श बैठकमा आएका जिल्ला सभापतिलाई देउवाले पनि भेट्न बोलाएका थिए।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
