काठमाडौं – थ्रिस्टार क्लबले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि शानदार जित निकालेको छ ।
लिगको मंगलबार भएको पाँचौं चरणको खेलमा बीबीसीमाथि ३–१ को नतिजा निकाल्दै थ्रिस्टारले शानदार जित निकालेको हो । थ्रिस्टारको जितमा अनन्त तामाङ, सुसान श्रेष्ठ र विदेशी खेलाडी हम्जातले गोल गरे । बीबीसीका रोशन राना मगरले १ गोल गरे पनि हार टार्न सकेनन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा २ गोल गरेको थ्रिस्टारले दोस्रो हाफमा १ गोल थपेको हो । १५ औं मिनेटमा सुसान्तको गोलबाट अग्रता लिएको थ्रिस्टारले ४१ औं अग्रता दोब्बर बनाएको हो । थ्रिस्टारका लागि दोस्रो गोल मिक्चेन तामाङको क्रसमा अनन्तले गरेका हुन् ।
५८ औं मिनेटमा विदेशी खेलाडी हम्जातले गोलगरेपछि थ्रिस्टारको अग्रता ३–० मा पुगेको थियो । लगातारको गोलपछि दबाबमा परेको बीबीसी ६६ औं मिनेटमा १० खेलाडीमा सिमित हुन पुयो । थ्रिस्टारका अशोक खवासलाई खराब फल गरेपछि दिपेङक राज सिहंले रातो कार्डको सामना गर्दै मैदान छोडेपछि बीबीसी १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि सम्हालिएको प्रदर्शन गरेको बीबीसीले ९० औं मिनेटमा १ गोल फर्कायो । रोसन राना मगरले गरेपछि थ्रिस्टारको अग्रता ३–१ मा पुर्याएको बीबीसी अन्तत पराजित हुन पुग्यो ।
आजको जितसँगै थ्रिस्टारले जारी लिगमा तेस्रो जित दर्ता गरेको हो । यसअघि थ्रिस्टारले २ मा जित, १ मा बराबरी र १ मा हार बेहोरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
