Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित दुई जना पदमुक्त


  • सोमबार, पुष २१ २०७६

  • नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित दुई जना पदमुक्त

    काठमाडौं –  नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित  दुई जना आजबाट लागु हुने गरी पदमुक्त भएका छन् । कांग्रेसले निर्वाचन आयोगमा दिएको जानकारी अनुसार उनीहरु पदमुक्त भएका हुन् । निर्वाचन आयोगले आज सार्वजनिक सूचना जारी गरी सो सम्बन्धी जानकारी गराएको छ ।

    आयोगद्वारा आज जारी गरिएको सूचनामा भनिएको छ–आयोगको मिति २०७६ पुस २०को निर्णयानुसार राजनीतिक दल सम्बन्धी ऐन २०७३को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४को नियम २२ बमोजिम् दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय कार्यसमितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने भन्ने कानुनी व्यवस्था बमोजिम् नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयसहित सम्बत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट दार्चुला जिल्ला मार्मा गाउँपालिका वडा नं ३को वडा अध्यक्ष पदमा निर्वाचित महादेव सिंह बडाल र पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं १४को दलित समुदायको तर्फबाट वडा सदस्य पदमा निर्वाचित तेजमाया विक कामीले दल त्याग गरेकोले स्वतः पद रिक्त भएको भनी लेखी आएको हुँदा सोही नियमावलीको नियम २२को उपनियम २ र ३ बमोजिम निजहरुले दल त्याग गरेको र त्यस्तो पद स्वतः रिक्त भएकोले उक्त पदहरु सूचना प्रकाशन भएको मितिदेखि रिक्त भएको मानिने हुँदा यो सूचना प्रकाशन गरिएको छ ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij