Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड र देउवाबीच भेटवार्ता


  • सोमबार, पुष २१ २०७६

  • प्रचण्ड र  देउवाबीच भेटवार्ता

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित थियो ।
    देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपर्यो भनेर परामर्श गरेका थिए ।

    सभापति देउवाले आयोग गठन छिटो हुनुपर्ने आफ्नो पनि मत रहेको बताएका थिए । त्यससँगै देउवाले सरकारले ल्याएका मिडिया काउन्सिललगायतका विवादास्पद विधेयक फिर्ता लिन पनि प्रचण्डलाई भनेका थिए ।
    बिहान साढे १० बजेतिर देउवा निवास पुगेका अध्यक्ष प्रचण्ड र महासचिव पौडेल करिब आधा घण्टा कुराकानी गरेर फर्किएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij